अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ

 अफगानिस्तानको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको कुरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन् ।

अफगानस्तानको बारेमा भएको एक छलफलमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले गएको वर्ष भनेझै अफगानिस्तानमा अमेरिकाले गरेको लगानिबाट अमेरिका ठगिएको बताएका हुन् । 

डोनल्ड ट्रंप

अमेरिकी पत्रीका ‘वासिङ्टन पोष्ट’ ले अमेरिकाका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै भनेको छ, मोदीले गएको वर्ष ट्रम्पलाई अमेरिकाले अफगानिस्तानमा जती सहयोग गरेको छ, त्यसको साटो धेरै कम उपलब्धि हासिल गर्ने गरेको कुरामा म सहमत छु ।

गएको वर्ष अमेरिका भ्रमणको बेला ट्रम्प र मोदीबीच अफगानिस्तानलगायत धेरै विषयमा छलफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प भारतीय तरिकामा बोल्ने नेताको रुपमा चिनिने पनि पत्रिकाले उल्लेख गरेको छ । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा