पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चौँरीगाईको पुच्छर र हड्डीसहित एक जना पक्राउ

 पुच्छर र हड्डीसहित अछाममा एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका– ६ घर भएका कुंगा लामालाई अछामको ढकारी गाउँपालिका– १ सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  गस्तीमा गएको प्रहरीले लामालाई चेकजाच गर्दा चौँरीगाईको सेतो पुच्छर सात थान र कालो पुच्छर एक थान र चौँरीगाईको हड्डी पनि फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अबैध रुपमा चौँरीको पुच्छरसहित पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला पशुसेवा कार्यालयमा पठाएकोे छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय