पाकिस्तानसँग न्युजिल्याण्ड ७ विकेटले विजयी

–पाकिस्तानसँगको पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । एक दिवसीय क्रिकेटको पाँच श्रीङ्खला क्लिन स्वीप गरेको न्युुजिल्याण्डले पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेट पनि जितेको हो । 

पाकिस्तानसँग १ सय ६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले खेल सकिन २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । न्युजिल्याण्डलाई जिताउन कोलिन मुन्रोले नट आउट ४९ रन बनाए । २ विकेट छिट्टै गुमाए पनि न्युजिल्याण्डले सम्हालिएको प्रदर्शन गर्दै जित हात पारेको हो । 

पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि बाबर आजमले ४१ र हसन अलीले २१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डका टीम साउथी र सेठ रान्सले तीन–तीन विकेट लिए । न्युजिल्याण्ड र पाकिस्तानले अब ट्वाण्टी ट्वाण्टी क्रिकेटका तीनवटा खेल खेल्नेछन् । 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश