पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुन प्रदेशमा कसको सरकार


प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ । राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ । 

संविधान अनुसार प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न पाउनेछन् । हरेक प्रदेशबाट ८र८ जनाका दरले ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभामा ५९ जना सांसद रहने व्यवस्था छ ।  

७ सय ५३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना साथै प्रदेश सांसद ५ सय ५० गरी राष्ट्रियसभामा २ हजार ५६ जना मतदाता रहनेछन् ।

राष्ट्रियसभा चुनावपछि फागुन पहिलो हप्ताभित्र प्रदेश सरकार गठन भैसक्छ । प्रदेशसभा चुनावको मतपरिणाम हेर्दा कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने अवस्था छैन । 

७ वटा प्रदेशमध्ये १ र ३ मा एमालेको स्पष्ट बहुमत छ । प्रदेश नं। ६ मा पनि एमाले बलियो छ । २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम गठबन्धनको बहुमत पुग्छ । प्रदेश नं। ४, ५ र ७ मा एमाले र माओवादीको बाम गठबन्धनको बहुमत छ । यस हिसाबले २ नम्बर प्रदेशमा मधेसवादीको र बाँकी ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का छ ।

एमाले र माओवादी तथा राजपा र फोरम सिट बाँडफाँडमा जुटेका छन् । मुख्यमन्त्री र सभामुख पदमा बाँडफाँड मिलाउन दुवै गठबन्धनले केही दिनदेखि नै गृहकार्य थालेका छन् । 

कुन प्रदेशमा कसको सरकार रु
प्रदेश नं। १ मा एमालेका ५१ जना सांसद छन् । कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ सांसद १ नम्बर प्रदेशमा छन् । यो प्रदेशमा एमालेले मुख्य मन्त्री पाउनेगरी माओवादीसँग छलफल भैरहेको छ । एमालेका शेरधन राई प्रदेश नं। १ को मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रदेश नंं। २ मा संघीय समाजवादी फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी ११ सांसद छन् । यहाँ मधेसवादी दल मिलेर सरकार बनाउने निश्चित छ । संघीय समाजवादी फोरमलाई मुख्यमन्त्री दिनेगरी राजपा र फोरमबीच छलफल चलिरहेको छ ।

प्रदेश नं। ३ मा एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २ तथा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद छन् । यहाँ एमालेले मुख्य मन्त्री पाउने सम्भावना छ । एमालेबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितको नाम चर्चामा छ । तर शाक्यको सम्भावना बलियो देखिन्छ ।

प्रदेश नं। ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन् । यहाँ एमालेका पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री हुनेछन् । दुवैले दावी नछाडेपछि नाम टुंगो लगाउन एमालेलाई समस्या भएको छ ।

प्रदेश नं। ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन् । यहाँ एमालेका शंकर पोख्रेल मुख्य मन्त्री बन्ने पक्का भैसकेको छ । उहाँलाई एमालेले प्रदेश संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

प्रदेश नं। ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेका प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दावी गरेपनि बाँडफाँड मिलाउँदा माओवादीले पाउने सम्भावना धेरै छ । 

प्रदेश नं। ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन् । यो प्रदेशमा एमालेले माओवादीलाई मुख्यमन्त्री छोड्ने लगभग पक्काजस्तै छ । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री