पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोगले चुनावको खर्च सार्वजनिक गर्यो

निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभामा भएको खर्चको विवरण सार्वजनिक गरेको छ ।

चुनावको लागि सरकारले १० अर्व रुपैयाँमध्ये ३० करोड रुपैयाँ पुँजीगततर्फ रकमान्तर गरिएको र ९ करोड ७० लाख रुपैयाँ मात्रै चुनावी खर्चको लागि छुट्याइएको आयोगले जनाएको छ । ९ करोड ७० लाख रुपैयाँमध्ये पुस २१ गतेसम्म ५ अर्व ६२ करोड २१ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

खर्च भएको रकममध्ये ७७ जिल्लामा ४ अर्व ८६ करोड १४ लाख रुपैयाँ दिइएको र बाँकी रकम आयोगको केन्द्रीय कार्यालयले खर्च गरेको छ । सरकारले दिएको बजेटमध्ये अब ४ अर्व ७ करोड ७८ लाख रुपैयाँ बचेको र यो पैसाले राष्ट्रियसभा चुनाव र राष्ट्रपती तथा उपराष्ट्रपतिको चुनाव गर्ने आयोगले जनाएको छ ।

निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेर मितव्ययी भएर खर्च गरेको पनि आयोगको दाबी छ ।

चुनावमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको र ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले मनपरी खर्च गरिरहेको समाचार सार्वजनिक भएपछि आइतबार आयोगले खर्च विवरण सार्वजनिक गरेको हो ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री