माघ २ गतेदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९ औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । 

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १ सय ९५ खेलाडीको सहभागिता रहनेछ । 

खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताए । राष्ट्रिय खेलकुद परिषद्ले रु आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ । 

“रु तेह्र लाख खर्चको जोहो आयोजकले गर्नेछ,” उनले भने । प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी हुने खेलाडीको जिल्लास्तरमा छनोट भई कैलालीको धनगढीमा क्षेत्रीय छनोट प्रतियोगिता गरिनेछ । 

संघले प्रतियोगितास्थल स्थानीय कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले बताए । 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश