दक्षिण अफ्रिकामा रेल दुर्घटनाः मृत्य हुनेहरुको संख्या २० पुग्यो

दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ ।  यस घटनामा घाइते हुने व्यक्तिको सङ्ख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । 

रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको सङ्ख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले टाइस् लाइन समाचार साइडलाई उदृत गर्दै बताएका छन् । 

दू्रतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जोहानेस्बर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाडनजिकै सो दुर्घटना भएको थियो । 

बन्दरगाह सहर एलिजाबेथबाट जोहानेस्बर्गतर्फ गइरहेको सो रेलमा ट्रक ठोक्किदा आगलागी भएको थियो । केही डिब्बा भने रेल मार्गबाट नै छुट्टिएको थिए । 

यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा