चुनाव हार्नुमा राप्रपाले निकाल्यो आठ कारण

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धन असफल भएको निश्कर्ष निकालेको छ । चुनावी समिक्षाका लागि गत पुष १९ देखि २१ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले योसहित पार्टी हार्नुमा आठ कारण रहेको निश्कर्ष निकालेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले  प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेससँग गरेको गठबन्धन नाममात्रै भएको बताए ।

उनले पत्रकार सम्मेलनमा भने ‘त्यो गठबन्धन नामको मात्र भयो, कामको भएन ।’  त्यस्तै राप्रपाले समानुपातिकमा मत नआउनुमा देशभर आफ्ना उम्मेदवार नभएको ठहर गरेको छ । संविधान संशोधनमा आफै अस्थिर, चुनावका मुखमा पार्टी विभाजन लगायतका कारण पार्टीले हार व्यहोरेको निश्कर्ष पनि राप्रपाले निकालेको छ ।

यस्ता छन् राप्रपा हारका कारण

–   बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु,

–   लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानिय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु

–   राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु,

–   संबिधान संशोधन वारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु,

–   सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु,

–   साधन श्रोतको अभाव रहनु

–   कमजोर संगठनको कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु

–   सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नु

चुनावमा राप्रपाको अप्रत्याशित परिणामको कारण र आधारका वारेमा विस्तृत अध्ययन अनुसन्धान गरि भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डा। बिष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ ।

 समितिमा केन्द्रिय सदस्यहरु गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धन बहादुर बुढा, प्रकाश रिमाल, बिजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहनु भएको छ ।

बैठकले  फागनु अन्तिम साता केन्द्रीय परिषद बैठक वीरगञ्जनमा गर्ने, माघमा जिल्ला भेला गर्ने र फागुन पहिलो साता विद्यार्थीको भेला गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री