पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

स्पेन– स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड  विजयी भएको छ।

बिहीबार राति सम्पन्न खेलमा ला लिगाको चौंथो स्थानमा रहेको रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हरायो । रियलका लागि ३५ औँ मिनेटमा पेनाल्टीमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रियलका लागि थप १ गोल दोस्रो हाफको इन्जुरी समयमा मायोरलले गरेका थिए ।

खेलको ६० औँ मिनेटमा डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो । 

रियल क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना मैदान उत्रेको थियो।

अर्को खेलमा ला लिगा लिडर बार्सिलेना भने सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको १५ औं मिनेटमा अर्नाइजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएक थिए तर पहिलो हाफकै ३१ औँ मिनेटमा सिस्टोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । सो खेलमा लियोनल मेस्सी तथा लुइस स्वारेजले भने खेलेका थिएनन् ।

त्यस्तै राति नै सम्पन्न अरु खेलमा लेगानेसले भिल्लारियललाई १–० तथा लेभान्टेले इस्पानियोललाई २–१ ले हरायो ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश