पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाललाई विकसित र सभ्य बनाउने दाहालको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन्। चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनुपर्नेमा जोड दिए।

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए। उनले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्ने बताए।

उनले भने, ुहामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ। त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ।ु

अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उनले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताए। उनले भने, ुहामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी सबै हुने स्थिति आउँछ।ु यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए।

त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भने, ुहामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ।ु आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा हामीले संसारलाई चिनाउनु पर्ने उनले बताए।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए। आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उनले बताए। देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री