प्रदेश नं ७ का पहाडी जिल्लामै निंगालोबाट बनेका सामग्रीहरु लोप हुँदै

बैतडी लगायत प्रदेश नं ७ अर्थात सुदूरपश्चिमका जिल्लाहरुमा पछिल्लो समयमा निंगालोबाट बनेका सामग्रीहरु लोप हुँदै गएका छन् । डोका, मोट्टा, सुप्पा, छाप्रा लगायतका सामग्री निकै प्रचलनमा रहेका भएपनि पछिल्लो समयमा लोप हुँदै गएका हुन् ।
जंगलमा पाइने निंगालो पनि कम पाइन थालेको र यसको बजार पनि खस्किदै गएकाले निगालोबाट बनेका सामग्रीहरु लोप हुन थालेका यहाँका व्यारीहरुले बताएका छन् ।
निंगालोको सामग्रीको सट्टा प्लास्टिकका भाँडाकुडा प्रयोगमा आउन थालेपछि निंगलोका सामग्रीको बजार खस्कदै गएको बैतडीका एक व्यापारी जनकबहादुर मडैले बताउनुभयो । निंगलोको सामग्री बनाउन पनि झण्झट हुने र उचित बजार समेत नपाउँदा समस्या हुने गरेको छ । निंगालोबाट बनेका सामग्रीहरु राम्रा भएपनि पछिल्लो समयमा प्लास्टिकका भाडाकुडाले समस्या निम्त्याएको सुर्नया गाउँपालिका ८ का कृष्णदत्त भट्टले बताउनुभयो ।
वनजंगलमा पाइने निंगालो नपाइनुका साथै प्लास्टिकका भाडाको बढ्दो प्रयोगले निंगालोका सामग्री लोप हुँनु मुख्य कारण बनेको छ । निंगालोका सामग्रीबाट घरपरिवार चलाउन सहयोग मिल्ने भएको भएपनि पछिल्लो समयमा प्लास्टिकका भाडाको प्रयोगले यो व्यवसायमा लागेकाहरु पलायन हुन थालेका छन् । सडकको अभाव, बजारको अभाव लगायतका कारणले निगालोका सामग्री लोप हुँदै गएकासुर्नया ८ का कृष्णदत्त भट्टले बताउनुभयो । निगालोबाट बनेका सामग्रीहरु स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर पछिल्लो समयमा प्लास्टिकका सामग्रीको विक्रिवितरण बढ्नु,बजार नहुनु लगायतका कारणले लोप हुने अवस्थामा पुगेका छन् । आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा ध्यान दिनु आवश्यक देखिएको छ । जंगलमा पाइने निंगालोको संरक्षण नहुँदा र संरक्षण हुन नसक्दा निंगालोवाट बनेका सामग्री पाईन समेत छोडेका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा