१६ वर्षमा ६१९ महिलाको उद्धार, झण्डै चार हजार अझै भेटिएका छैनन्

 यहाँस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।  माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ । निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात छ । संस्थाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, हराएकामध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ । नेपालका विभिन्न शहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक पुर्‍याउने गरेका छन् । चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ । माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, १६ वर्षको अवधिमा उद्धार गरिएकामध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ । “चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ” संयोजक कोइरालाको भनाइ छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय