पानी नपर्दा खेतीयोग्य जमिन बाँझै ।।

बैतडी र दार्चुलाका धेरैजसो खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेको छन । सिचाँई सुविधा भएका ठाउँका किसानले गहुँ छरिसकेको भएपनि सिचाँई सुविधा नभएको ठाउमा भने बाँझै रहेको छ । बैतडीको दोगडाकेदार, सुर्नया लगायतका केही क्षेत्रमा गहुँ छर्न नसकेको किसानहरुले बताएका छन् । दार्चुलाको लेकम गाउँपालिकामा पनि सिचाँई सुविधा नहुँदा गहुँ छर्न सकिएको छैन् । लेकम गाउँपालिका १ सेजालीमा केही खेतीयोग्य जमिनमा गहुँ छर्न बाँकी रहेको स्थानिय मान बहादुर कार्कीले बताउनुभयो । सिचाँई सुविधा भएको क्षेत्रमा गहुँ छरेको भएपनि केही स्थानमा खेतबारी बाँझै रहेको उहाँले बताउनुभयो ।
आधा पुस जादा समेत पानी नपर्दा गहुँ छर्न बाकी रहेकोले यस बर्ष गहुँ उत्पादनमा कमी आउने देखिएको छ । दार्चुलाको ५ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँ खेति गरीने भएपनि अझै ४ सय ७७ हेक्टर जमिनमा गहुँ छर्न नसकेको जिल्ला कृषि विकास कार्यलय दार्चुलाले जनाएको छ । बैतडी र दार्चुलामा अधिकांस क्षेत्रमा सिचाँई सुविधा नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा