नेपाली काँग्रेस डडेल्धुराद्वारा अन्तरघातीलाई कारवाहीको सिफारिस ।।

नेपाली काँग्रेस डडेल्धुराले प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्र्तघात गर्ने ब्यक्तिलाई कडा कारवाहीको मागगर्दै केन्द्रमा नाम सिफारिस गरेको छ । निर्वाचनका दौरान अन्तरघात गरेको स–प्रमाण उजुरी पार्टीको जिल्ला अनुशासन समितिमा परेको र सो समितिले ७ दिने स्पष्टीकरण मागगर्दा पनि अटेरी गरेकाले कारवाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ । नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले हस्ताक्षर गरेको सिफारिस पत्रमा पार्टीका महासमिति सदस्य तथा प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार गोबिन्दराज बोहराले खुलेयाम पार्टीका उम्मेदवारलाई हराउने मनषायले अन्तरघात गरेकाले बन्दसुचीबाट नाम हटाई अनुशासनको कारवाही प्रकृया अघि बढाउन माग गरिएको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बताए । नेपाली काँग्रेस मुख्यालय सानेपाले डडेल्धुराबाट कारवाहीका लागि सिफारिस गरिएको पत्र दर्ता गरिएको र केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पेश गरिने जनाएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा