पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अमरगढी नगरपालिका अन्तरगतका ६ वडाका वडा अध्यक्षद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी ।।

डडेल्धुराको अमरगढी नगरपालिकाका वडा अध्यक्षद्धारा संयुक्त विज्ञप्ती अमरगढी नगरपालिका अन्तरगतका ६ ओटा वडाका वडा अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । मंसिर १ गते अमरगढी नगरपालिकामा केही वडा अध्यक्षहरुले नगरप्रमुख, कार्यकारी अधिकृत र लेखा अधिकृतलाई अनावश्यक लाल्छना लगाइ उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेको प्रति आपक्ति जनाउदै अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् । विज्ञप्तीमा अमरगढी नगरपालिका वडा नं ५ का अध्यक्ष खेमराज पाठक, वडा नं. ९ का अध्यक्ष भीम रोकाया, वडा नं. ११ का अध्यक्ष सुर्यप्रकास खड्का, वडा नं. ७ का अध्यक्ष खडक बोहरा, वडा नं. १० का अध्यक्ष विष्णु भट्ट र वडा नं. ४ का अध्यक्ष दिपेन्द्र थापाको संयुक्त हस्ताक्षर रहेको छ । ‘अमरगढी नगरपालिकामा केही वडाअध्यक्षबाट गरिएको तालाबन्दीका कारण जनताका दैनिक कार्य समेत अबरुघ भइ रहेका छन्् भने जनभावनामा समेत ठेस पुगेको छ । जनताका जनप्रतिनिधिले नगरपालिकालाई बन्धक बनाउनु ठीक होइन । असहमतिका बुदा कार्यपालिकाको बैठक राखेर निष्कर्ष निकाल्नुपर्ने ठाउँमा एकाएक तालाबन्दी भएको खबर सुन्दा हामी अचम्मित भएको छौँ ।’ वडाअध्यक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नगरकार्यपालिकाका हरेको क्रियाकपालप्रति छलफल गर्न बैधानिक थलो कार्यपालिका हुँदाहँुदै तालाबन्दीको बाटो रोज्नु गलत, दयनियपूर्ण र जनमतको घार अपमान भएको भन्दै प्रेस विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘तलाबन्दीका कारण नगरपालिकाको सम्पूर्ण क्रियाकलाप अवरुद्ध भएको छ । प्रथम नगरसभाबाट विनियोजित बजेट ५ महिना बिति सक्दा पनि कार्यन्वयन नहुनु दुःखद हो । तालाबन्दीका कारण प्रमथ नगरसभाबाट विनियोजित योजनाको उपभोक्ता समिति निर्माण र सम्झौता प्रक्रिया अवरुद्ध भएको छ भने अर्को तर्फ टेण्डरको काम अगाडि बढ्न सकिरहेको छैन् ।’ लामो सयम सम्म नेपाल सरकारको आधिकारिक कार्यालयमा तालाबन्दी हुँदा सम्म प्रशासन समेत मुखदर्शक बन्नु प्रमुख जिल्ला अधिकारीको लाचारीपन भएको विज्ञप्ती मार्फत वडाअध्यक्षहरुले आरोप लगाएका छन् । केही वडा अध्यक्षका कारण सिंगो अमरगढी नगरपालिका तालाबन्दीको सिकार बन्नु ठीक नभइ नियम विपरित भएको भन्दै तत्काल बाँकी ६ वटै वडाका विकास निर्माण प्रक्रियाहरु अगाडि बढाउन बाधक नबन्न विज्ञप्ती मार्फत आग्रह गरेका छन् । यदी बेवास्था गरेर सिंगो नगरलाई बन्धक बनाउने काम गरे यसको परिणाम नराम्रो हुने र जुनसुकै कदम चाल्न पनि तयार रहेने चेतावनी समेत दिएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा