पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगामी फागुन ११ गते डडेल्धुरा पुर्ण साक्षर जिल्ला घोषणा हुँदै ।।

सपना सिहं, डडेल्धुरा, पौष १५,

खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा भइसकेको डडेल्धुरा पूर्ण साक्षर जिल्लाको रुपमा पनि घोषणा हुने भएको छ । डडेल्धुरामा शुक्रवार एक कार्यक्रमको आयोजना गरि जिल्लालाई पुर्ण साक्षर जिल्लाको रुपमा घोषणा गरिने अनौपचारीक शिक्षा केन्द्र सानोठीमी भक्तपुरले जनाएको छ । फागुन ११ गते साक्षर जिल्ला घोषणाका लागि तिव्र तयारी भइरहेको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रिले बताएका छन । कार्यक्रममा बोल्दै शिक्षा विभागका निर्देशक दीपक शर्माले साक्षरताका लागी तोकीएका १२ मापदण्ड मध्ये अधिकांश मापदण्डहरु डडेल्धुरामा पुरा भइसकेकाले जील्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी तिव्र पारीएको बताए । देशभरी ३८ जील्ला साक्षर घोषणा भैसकेकाले अब डडेल्धुरालाई ३९औँ साक्षर जिल्लाको रुपमा घोषणा गरीन लागीएको शर्माले बताए । डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका रहेका छन । यस अघि डडेल्धुरा जिल्लालाई साक्षर जिल्ला घोषणा गराउनका लागि बिभिन्न साक्षरता अभियान संचालन गरिएको थियो । उक्त अभियान अन्तरगत जिल्लाका विभिन्न नगरपालिका र गाविसहरुलाई पनि पूर्ण साक्षर घोषणा गरिएको थियो । राष्ट्रिय साक्षर मापन इकाई अनुसार ९५ प्रतिशत साक्षर भएको जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न मिल्ने प्रावधान रहेको छ । डडेल्धुराको १५ देखि ६० बर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६.८ रहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । प्रदेश नं ७ का ९ जिल्लामध्ये हालसम्म महाकाली अञ्चलको दार्चुला जिल्ला मात्र पुर्ण साक्षर घोषणा भएको छ । हाल साक्षरता प्रतिशत नपुगेको जनसंख्यालाई घोषणा भएको मितिले एक बर्षभीत्र साक्षर बनाउने प्रतिबद्धता जनाउनु पर्ने कानुनी प्रावधान रहेको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा