पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता पठाएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीले जनाएको छ । उनीहरु बुधबार नेपाल आइपुगेका हुन् । यस अघि मंगलबार १२ जनालाई पनि नेपाल फर्काइएको थियो । 
दुवईबाट दिल्ली हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । नेपालको अध्यागमनको छाप र अन्य कागजात नभएपनि रोजगारीका लागि जान लागेको बताएपनि अध्यागमनले रोकेको हो । सिआइवीका प्रवक्ता मिरा चौधरीका अनुसार दलालले युएईबाट कुवेत पुर्‍याउने तयारी गरेको समेत खुलासा भएको छ । 

उनीहरुलाई अध्यागमनले सोधपुछ पछि माइती नेपालको आवास गृहमा पठाएको छ । केहि हप्ता पहिले नेपालबाट घरेलु काममा महिलालाई पठाउन रोक लगाएपछि अवैध रुपमा विभिन्न देशमा पुग्ने महिलाको संख्या बढेको छ । 
उनीहरुलाई अवैध रुपमा पठाउन दलाल सक्रिय भएका छन् । तर दलाललाई कारबाही भने हुन सकेको छैन । प्रवक्ता चौधरीले वैदेशिक रोजगारको मुद्दा जोडिएपछि प्रहरीलाई कारबाही गर्ने अधिकार नभएकाले समस्या भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । तर अधिकार नहुँदा प्रहरीले कारबाही गर्न सकेको छैन ।’
वैदेशिक रोजगार विभागले समेत पछिल्लो समय दलाललाई कारबाही गर्न सकेको छैन । विभागले प्रहरीको सहयोग लिएर कारबाही गर्न सक्ने भएपनि धेरै मुद्दा मेलमिलापमा टुङ्ग्याउने गरेको छ । 

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय

आज विश्व आदिवासी दिवस

काठमाडौं, साउन २५ – आज बुधबार विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी