पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालकोटमा ओली-दाहाल 'वान टु वान' वार्ता

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान टु वान' वार्ता भएको छ।

वुधबार दिउँसो दाहाल ओली निवास बालकोट पुगेका थिए। उनीहरुबीच सरकार गठन, राष्ट्रिय सभा अध्यादेश र पार्टी एकताबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने र एकताको लागि छलफल अघि बढाउनेमा दुवै नेताले छलफल गरेका छन्।  दाहाल र ओली राजनीतिक वातावरण सहज बनाएर एकता प्रक्रियमालाई अघि बढाउने बुझाई रहेको छ। नयाँ सरकार गठनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्नुपर्नेमा दुबै नेताको समान धारणा छ। भेटमा निर्वाचन आयोगबाट प्रतिनिधि सभा तर्फको समानुपातिक परिणाम सार्वजनिक गर्नुपर्नेबारे पनि छलफल भएको थियो। निर्वाचन अायाेगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेबारे पनि नेताहरु बीच कुराकानी भएकाे दाहालका प्रेस स‌ंयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न नसकेको अवस्थामा दुई पार्टीका अध्यक्षबीचमा छलफल भएको हो।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री