पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लिभरपुलको गोलको वर्षा, ह्यारी केनको किर्तिमान

म्यानेजर विनाको टोली स्वान्सी सिटीमाथि गोलको वर्षा गर्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा पकड बलियो बनाएको छ ।

मंगलबार राती भएको खेलमा लिभरपुल ५–० गोल अन्तरले विजयी भएको हो ।

खेलमा लिभरपुलले छैटौँ मिनेटमा नै अग्रता लिएको थियो । फिलिपे काउन्टिन्होले लामो दुरीबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफमा रोबर्टो फर्मिन्होले दुई गोल थपे । त्यस्तै, अलेक्सान्डर आर्नोल्ड र एलेक्स ओक्सालेड च्याम्बर्लिनले एक–एक गोल थपे लिभरपुलले सहज जित निकाल्यो ।

जीतपछि ३८ अंकसहित लिभरपुल लिगको चौँथो स्थानमा रहेको छ ।

उता, ह्यारी केनको ह्याट्रिकको मद्दतले साउथह्याम्पटनलाई टोटनहमले ५–२ गोल अन्तरले पराजित गरेको छ ।

योसँगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गरेको एलान सियररको किर्तिमान भंग गरेका छन् । इंग्ल्याण्डका स्ट्राकर केनले खेलको २२ औँ मिनेटमा यो वर्षको ३७ औँ गोल गर्दै सन् १९९५ मा सियररले ब्ल्याकबर्नमा छँदा बनाएको किर्तिमान भंग गरे ।

त्यसपछि उनले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यस वर्ष उनले क्लब र देशका लागि ५६ गोल गरेका जुन बार्सिलोना र अर्जेन्टिनाका लियोनेल मेस्सीभन्दा दुई गोल बढी हो ।

टोटनहमका लागि अन्य गोल डेली अली र सोन ह्युङ–मिनले गरे । साउथह्याम्पटनका लागि दोस्रो हाफमा सोफियान बोपाm र डुसान टाडिचले गोल गरे भने त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।

जीतपछि टोटनहम ३७ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश