पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किमको क्षेप्यास्त्र कार्यक्रमका ‘मास्टरमाइण्ड’ दुई अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रममा महत्वपूर्ण भूमिका निभाउने दुई अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाका अनुसार उत्तरको ब्यालेस्टिक मिसाइल कार्यक्रमको पछाडि किम जोङ–सिक र री प्योङ–चोलको हात छ ।

ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र विकसित गर्न किम जोङ–सिकले महत्वपूर्ण खेलेको मानिन्छ । त्यस्तै, अन्तरमहाद्वीपीय क्षेप्यास्त्र हासिल गर्न कथित रुपमा री प्योङ–चोलको हात छ ।

गत हप्ता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को ताजा प्रतिबन्धको सूचीमा यी दुई अधिकारीहरुको नाम पनि समावेश गरिएको छ ।

उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गर्दा जति पनि तस्विर सार्वजनिक भएको छ, त्यसमा यी दुई जना किम जोङ उनसँग साथमा देखिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यी दुई जनालाई किम आफैले चुनेका हुन् ।

हालै मात्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि अहिलेसम्मको सबैभन्दा कडा दशौँ प्रतिबन्ध लगाएको छ । यसबाट उत्तर कोरियाको पेट्रोलियम आयात ९० प्रतिशतले घट्नेछ ।

उत्तर कोरियाले यसबारे प्रतिक्रिया दिँदै ‘युद्ध शुरु गर्ने हर्कत’ बताएको छ ।

यता, रुसले पनि उत्तर कोरियाविरुद्ध अमेरिकी आक्रामक बयानबाजी अस्वीकार्य भएको बताएको छ ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा