एभरेष्ट बैंकको नयाँ खाता योजना ‘एभरेष्ट स्पेसल सेभिङ’

एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेसल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उक्त खाता संचालनमा ल्याएको हो ।त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड, इन्टरनेट र एसएमएस सुविधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्डसमेत उपलब्ध गराउने छ ।

यो खाता संचालनमा ल्याएसँगै बैंकले यो खाता खोलने आफ्ना ग्राहकलाई विशेष सुविधाहरु दिने जनाएको छ । यो खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर फैलिएर रहेका ६४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २६ राजस्व संकलन केन्द्र, ९४ एटिएम मेसिन र ५ हजार एभरेष्ट रेमिटका भुक्तानी एजेण्टहरु मार्फत सेवा दिँदै आएको छ ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको