पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा ११ मध्ये ३ लघु जलबिद्युत आयोजना प्रयोगविहीन

डडेल्धुरा जिल्लाभरिका कुल ११ ओटा लघु जलबिद्युत आयोजना मध्ये हाल ३ ओटा लघु जलबिद्युत आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्ण भई प्रयोगविहिन अवस्थामा छन । जिल्लाका बिभिन्न स्थानमा निर्माण गरिएका ३ वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन अवस्थामा पुगेपछि लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य भएका  छन् ।जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर अनुप जङ्ग पाण्डेका अनुसार जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ स्थित ४ किलोवाट क्षमताको सानखोला लघु जलविद्युत आयोजना, सोही नगरपालिका–९ स्थित  १२ किलोवाट क्षमताको सेलाखोला लघु जलविद्युत आयोजना र नवदुर्गा गाँउपालिका–४ स्थित ७ किलोवाट क्षमताको चामाखोला लघु जलबिद्युत आयोजना बन्द अवस्थामा छन । हाल बन्द अवस्थामा रहेका तीनओटै लघु जलविद्युत आयोजनाको मर्मत सम्भारका लागि सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै सहयोग पाउन नसकेको र उपभोक्ता आफैले मर्मत सम्भार गर्न सक्ने अबस्था नभएकाले लघु जलविद्युत आयोजना बन्द अबस्थामा रहेको स्थानीय उपभोक्ताहरुले बताएका छन् । 
तत्कालिन जिल्ला विकास समिति डडेल्धुराको वातावरण तथा उर्जा शाखाको सहयोगमा बिं.स. २०५५ सालदेखि निर्माण कार्य सम्पन्न भई सञ्चालनमा रहेका जिल्लाभरिका ११ ओटै लघु जलबिद्युत आयोजनाबाट जिल्लाका १ हजार २ सय ८५ घरधुरी लाभान्वित हुँदै आएका थिए । जिल्लाभरिका लघु जलविद्युत आयोजनाबाट १ सय २३ किलोवाट जलबिद्युत उत्पादन हुने गरेको थियो । 
जिल्लाभरिका ३ लघु जलबिद्युत आयोजना बन्द हुँदा २३ किलोवाट बिद्युत उत्पादन घटेको छ भने उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य छन् । भित्रिमधेस क्षेत्रको परशुराम नगरपालिकामा ६ वटा लघु जलबिद्युत आयोजना सञ्चालनमा थिए । सो नगरपालिकामा हाल २२ किलोवाट क्षमताको शिर्षगाँड लघु जलविद्युत आयोजना, १० किलोवाट क्षमताको मकैल लघु जलविद्युत आयोजना, ३ किलोवाट क्षमताको अशुरानी लघु जलविद्युत आयोजना र ६ किलोवाट क्षमताको गैरागाँउ लघु जलविद्युत आयोजना सञ्चालनमा छन् । 
भागेश्वर गाँउपालिकामा रहेको १२ किलोवाट क्षमताको अन्नाखोला लघु जलविद्युत आयोजना, नवदुर्गा गाँउपालिकामा रहेको ७ किलोवाट क्षमताको चलकट्टी लघु जलविद्युत आयोजना, आलिताल गाँउपालिकामा रहेको कुल २५ किलोवाट क्षमताको दहगाँड खोला लघु जलविद्युत आयोजना र गन्यापधुरा गाँउपालिकामा रहेको १५ किलोवाट क्षमताको रेलगाड लघु जलविद्युत आयोजना हालसम्म सञ्चालनमा छन । सञ्चालनमा रहेका सबै लघु जलविद्युत आयोजनाको कुल १०० किलो वाट क्षमता रहेको जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । 
गतबर्ष मात्रै नवदुर्गा गाँउपालिकास्थीत चलकट्टी लघु जलविद्युत आयोजनाका बिभिन्न बिद्युतीय सामाग्रीको मर्मत सम्भार गरिएको इन्जिनियर पाण्डेले बताए । सांसद नरभान कामीको सांसद कोषको ३ लाख, जिल्ला उर्जा विकास कोषको २ लाख र उपभोक्ता समूहको ४२ हजारगरी ५ लाख ४२ हजार रकम बराबर रकम मर्मत सम्भारमा खर्च भएको थियो । मर्मत सम्भारको क्रममा जेनेरेटर, इ.एल.सि प्यानल, ब्लास्ट ट्याङ्की हिटर फेरिएको थियो भने टर्वाइन र नोजेल मर्मत सम्भार गरिएको जनाइएको छ । 
बिभिन्न कारणले बन्द अवस्थामा रहेका तीनवटै लघु जलबिद्युत सञ्चालनका लागि सरोकारवाला निकायको ध्यान अझैपनि जान सकेको छैन । सञ्चालनमा रहेका तर मर्मत सम्भारको अभावमा जिर्ण लघु जल विद्युत आयोजनाको मर्मत सम्भार नगरिदा बन्द हुने अबस्थामा पुग्न थालेको शिर्षखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष रामसिँह थलालले बताए । जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले भने हाल जिल्ला समन्वय समितिमा मर्मत सम्भारका लागि बजेट अभाव रहेको र बिभिन्न निकायहरुसँग मर्मत सम्भारका लागि अनुरोध गरिए पनि कुनै निकायबाट श्रोत पाउन नसकिएको जनाएको छ । 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको