बैतडीका सवै क्षेत्रमा वामगठबन्धन विजयी

प्रतिनिधि सभाको लागी एक र प्रदेश सभाको लागी दुई निर्वाचन क्षेत्र रहेको बैतडीका सवै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ । प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी विजयी भएका छन् । भने प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका पे्रम प्रकाश भट्ट र प्रदेश सभा ख मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका हुन । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका दामोदर भण्डारीले ३९ हजार ५२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी वहालवाला वाणिन्य राज्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नर बहादुर चन्दले २८ हजार २९१मत प्राप्त गर्नुभएको छ । वाणिज्य राज्यमन्त्री नर बहादुर चन्द पुर्व राज्य मन्त्री दामोदर भण्डारीसंग ११ हजार २३३ मत अन्तरले पराजित भएका छन् ।

प्रदेश सभाको अन्तिम मतपरिणाम अनुसार बैतडी प्रदेश सभा क्षेत्र ९क०मा नेकपा माओवादी केन्द्रका प्रेम प्रकास भट्ट आदित्य तथा प्रदेश सभा ९ख० मा नेकपा एमालेका लिलाधर भट्ट विजयी हुनुभएको छ । प्रदेश सभा ९क० मा नेकपा माओवादी केन्द्रका भट्टले १८ हजार ९३ मत प्राप्त गरि विजयी भएका हुन् भने उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५हजार १ सय २६ मत प्राप्त गर्नुभयो । यस्तै, प्रदेश सभा क्षेत्र ९ख० तर्फ नेकपा एमालेका लिलाधर भट्ट २० हजार तिन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २ सय ४७ मत प्राप्त गर्नुभयो ।


पहिलो चरण अन्तर्गत बैतडीमा मंसिर १० गते सम्पन्न भएको हो । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधि सभाको लागी एक र प्रदेश सभाको लागी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिस्प्रर्धामा रहेका थिए ।

 

 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा