पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने ।।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । बिगतका बर्षहरुमा यस सुदूरपश्चिम क्षेत्रमा मलको चरम अभाव हुने भएपनि यस बर्ष भने मलको अभाव नहुने देखिएको हो । मल पर्याप्त मात्रामा मौज्दात रहेको र जेठको पहिलो साता थप मल भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय कैलालीले जनाएको छ ।

यस अघिका वर्षमा नाकाबन्दी र विभिन्न संगठनका आन्दोलनका कारण कृषक मलको समस्या झेल्दै आएका थिए । क्षेत्रीय कार्यालयमा अहिले ७ सय ८० मेट्रिक टन युरिया, १ हजार २ सय ५५ मेट्रिक टन डीएपी र ३ सय ७५ मेट्रिक टन पोटास गरी २ हजार ४ सय १० मेट्रिक टन भित्रिसकेको छ ।

त्यसमध्ये हालसम्ममा ९ सय ६१ मेट्रिक टन विभिन्न सहकारीमार्फत वितरण गरिसकिएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दुर्गाप्रसाद जोशीले बताए । केन्द्रसँग हाल १ हजार ३ सय ६९ मेट्रिक टन मल मौज्दात रहेको र बाँकी आउने तयारीमा रहेको उनले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेडले तरकारी, मकै, चैते धानका लागि गत फागुनदेखि नै मल वितरण गर्न थालेको थियोे । उता कैलालीमा १ सय ९३ सहकारीमार्फत मल वितरण भइरहेको जोशीले बताए ।
 

डडेल्धुराका मुख्य व्यापारिक केन्द्रमा स्थानिय स्तरमा उत्पादित आलुको माग उच्च ।।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा स्थानिय स्तरमा उत्पादित आलुको माग दिन प्रतिदिन बढदै गएको छ । रासायनिक मल र विषादिको प्रयोग नगरि शुद्ध अर्गानिक

बुधबार परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिमका किसानहरु हर्षित ।।

गर्मीयाममा परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका कृषकहरु निकै हर्षित भएका छन । मकै छर्न र धानको बिँउ राख्नका लागि बैशाखको अन्तिम साता

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले