पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचनपश्चात भारत जानेको संख्या बढ्यो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पश्चात मजदुरीका लागि भारत जाने नेपाली नागरिकहरुको बैतडीको सिमानाकामा लर्को लाग्न थालेको छ । हिउँद सुरु भएसँगै अहिले सिमानाका झुलाटबाट दैनिक २ सय मानिस कामको लागि भारततिर गइरहेका सिमानाका प्रहरीचौकी झुलाघाटले जनाएको छ । आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रै महिना खान नपुगेपछि भारतमा काम गरेर ल्याएको पैसाले खाना किनेर खानुपर्दा आफुहरु भारत जाने गरेको बाजुराका चिनबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो“६ महिना भारतमा काम गरेर फेरी खेती भित्र्याउने बेलामा घर फर्कन्छौ ” सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश नागरिक मजदुरीका लागि झुलाघाट नाका भएर भारत जाने गरेका छन् ।

बैतडी लगायत डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत हुम्ला, मुगुका युवापनि झुलाघाटबाट भारत जाने गरेको झुलाघाट प्रहरीचौकिका प्रहरी नायव निरीक्षक चक्रदेब पाण्डेले बताउनुभयो । अहिले खेतबारीको सबै काम सकिएकाले पैसा कमाउन भारत जान लागेको सिमानाकाबाट भारत जानेहरुले बताएका छन् । देशमा जस्तोसुकै व्यवस्था आएको भएपनि आफूहरुका समस्या कसैले समाधान नगरेको उनीहरुको गुनासो छ ।

भारतमा मजदुरी गरी पेट पाल्न, परिवार पाल्न भारत जानुपर्ने आफुहरुको बाध्यता भएको उनिहरुले बताएका छन् । प्रदेश नं ७ का अधिकांस युवाहरु मजदुरीका लागी भारत जाने गरेका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा