पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अहिलेसम्म कसले–कति जिते ?

 

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तीनजना विजयी भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ५, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत प्राप्त गरेका छन् ।

बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भैरवबहादुर सिंह २८८८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह २३२२२ मत प्राप्त गरे ।

 बाजुरा प्रदेश क माबामगठबन्धनका बल्देब रेग्मी ९८४० मत ल्यायर बिजयी । प्रतिद्वन्द्वी नेका जनकराज गिरीले ८३११ मत प्राप्त गरेका छन ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा