पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको हो । डडेल्धुराका स्याउले, बागबजार, तुफानडाँडा लगायतका क्षेत्रमा काफल बिक्रेताहरु देखिन थालेका हुन । मौसमी ब्यापार गर्नेहरु अहिले काफलको छाप्रो बोकेर गाउँबाट बजार क्षेत्रमा आउन शुरु गरेका छन ।

गिलासमा काफल नाप्दै प्रति गिलास १० देखि २० रुपैँया सम्ममा बिक्रि गर्ने गरेका छन । काफल हुने अधिकांश क्षेत्रमा काफल पाकि नसकेको हुनाले यो समयमा अलि बढी दाम पाइने गोमा तमौलीले जानकारी दिनु भएको छ । अमरगढी नगरपालिकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीका बालबालिका काफल हुने सिजनमा बर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आएका छन । टाढा–टाढा गाउँबाट काफल बेच्नका लागि बालबालिका स्याउले बजार तथा सदरमुकाम पुग्न थालेका छन ।

राजमार्ग अन्तर्गत हिजो–आज गैरा, गोगनपानी, गोल्डेन लगायतका क्षेत्रमा समेत काफल बेच्ने बिक्रेताहरुले राम्रो आम्दानी गर्न थालेको यात्रुहरुको भनाई छ । काफल पाक्ने समयमा काफल बिक्रि गरेर दैनिक ५ सय देखि हजार रुपैया सम्म आम्दानी हुने गरेको भएपनि अहिले खासै काफल नपाक्नाले ३–४ सयको मात्रै बिक्रि गर्ने गरेको काफल बिक्रेताहरुको भनाई छ ।

यस क्षेत्रका काफल बिक्रि गर्ने ब्यक्तिले एक सिजनमा २०–२५ हजारभन्दा बढि आम्दानी गर्ने गरेका छन । पोहोर साल काफल बेचेरै ४ हजार रुपैँया सङ्कलन गरेको बताउदै यो साल पनि साँझ–साँझ काफल टिपि बेच्न शुरु गर्न थालेको १२ बर्षिय नरी दियालले बताउनु भएको छ । यसैगरी भीमदत्त राजमार्ग छेउछाउमा मौसमअनुसारका फलफूल तथा जंगली फल काफल, कोइराल, ओखर, जुनार, सुन्तला, अमला बेच्नेको भिड नै लाग्ने गरेको छ ।

काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइको खर्च जोहो गर्ने गर्दछन । विद्यालय समयपछि बालबालिका प्रायः यो व्यवसायमा लाग्ने गरेका हुन । सुदूरपश्चिमका ९ वटै जिल्लाको प्रमुख प्रवेशद्वारको रूपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेहरुको बिहानैदेखि भिड लाग्न शुरु भइसकेको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन । सुदूरपश्चिमका पहाडी जिल्ला भई तराई जाने यात्रुहरु पहाडको कोसेली भन्दै काफल लैजाने गरेका छन ।

यहाँबाट तराईका विभिन्न जिल्लामा काफल निर्यात हुने गरेको छ । वनजंगलमा पाइने काफल आम्दानीको स्रोत बन्न थालेपछि कृषकहरुले पछिल्लो समयमा आफ्नो निजि बनमा समेत काफलका बोटहरु रोप्न थालेका छन । चैत्र महिनादेखि जेठको अन्तिम सातासम्म यस क्षेत्रमा काफलको व्यापार हुने गरेको छ ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल फास्ट ट्रयाक निर्माण कार्य अलपत्र ।।

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल दु्रतमार्ग फास्ट ट्रयाक ठेकेदारका कारण अलपत्र परेको छ । फास्ट ट्रयाक निर्माणका लागि