पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बैतडीमा वाम गठबन्धनको मतअन्तर फराकिलो हुदै

मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा बैतडीमा वाम गठबन्धनको मतअन्तर फराकिलो हुदै गईरहेको छ ।

आज विहान ११:१५ बजे सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले फराकिलो मतअन्तरले अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार दामोदर भण्डारीले १० हजार ५ सय ६ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार नर बहादुर चन्दले ७ हजार ५ सय ८२ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेवारहरुले अग्रता लिइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार प्रेम प्रकाश भट्ट (आदित्य)ले ९ हजार ६९ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हरि मोहन भण्डारीले ६ हजार ९ सय ०१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन उम्मेदवार लिलाधर भट्टले ९ हजार ६ सय ८२ मतका साथ अग्रता लिइरहेका छन् भने राप्रपा उम्मेदवार गणेश चन्दले ७ हजार २ सय ६३ मतका साथ पछ्याइरहेका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा