पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुधबार परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिमका किसानहरु हर्षित ।।


गर्मीयाममा परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका कृषकहरु निकै हर्षित भएका छन । मकै छर्न र धानको बिँउ राख्नका लागि बैशाखको अन्तिम साता तिर परेको पानिले यस क्षेत्रका स्थानिय निकै हर्षित भएका हुन । हिजो अस्ती परेको पानिले यस क्षेत्रका नागरिकलाई भदौमा मकै पाक्ने गरी मकै लगाउन र असारमा रोपाई गर्न धानको बिँउ राख्न पाइने भएको छ ।

किसानहरुले मकै छर्नलाई तयार पारेको जमिनमा पानी परेसँगै मकै छर्नलाई सहज भएको छ भने अन्य वर्षेबाली लगाउन पनि सहज हुने भएको छ । वर्षेबाली अन्तर्गत मकैबाली लगाउने तयारीमा रहेका किसानहरुका लागि यो पानि निकै महत्वपूर्ण ठानिएको छ । पानि परे संगै सुदूरपश्चिमका पहाडी जिल्लाका किसानहरुलाई कामको चटारो समेत परेको छ । व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न कृषकहरुको सुक्न थालेको तरकारीमा समेत पानिले निकै फाइदा पु¥याएको छ ।

लामो समयसम्म पानी नपर्दा बालिनालीमा बिभिन्न किसिमका रोगहरु समेत लाग्न थालेका थिए । जसका कारण बनजङ्गल क्षेत्रमा रहेका स–साना बुट्यानहरु समेत सुक्न थालेका थिए । यहाँका धेरै जसो कृषकले तरकारी व्यवसायले परिवारको खर्च धान्दै आएका छन । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लामा अधिकांश महिला तरकारी उत्पादनमा लागेका छन ।

पानी नपर्दा डडेल्धुरा जिल्लामा रहेका बिभिन्न क्षेत्रका पानीका मुहान समेत सुकेर खानेपानीको अभाव हुँदै गएपनि बुधबार परेको पानिले पानिका मुहानमा समेत पानी फुट्ने बिश्वास गरिएको छ ।

डडेल्धुराका मुख्य व्यापारिक केन्द्रमा स्थानिय स्तरमा उत्पादित आलुको माग उच्च ।।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा स्थानिय स्तरमा उत्पादित आलुको माग दिन प्रतिदिन बढदै गएको छ । रासायनिक मल र विषादिको प्रयोग नगरि शुद्ध अर्गानिक

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने ।।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । बिगतका बर्षहरुमा यस सुदूरपश्चिम क्षेत्रमा मलको चरम अभाव हुने भएपनि

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले