पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाबुराम र नारायणकाजीबीच गणनामा पनि कडा टक्कर

गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् । 

करिब २/२ घण्टामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अपडेट सुनाउने गरेको छ । विहिबार साँझ सुरु भएको गणनामा कहिले भट्टराई त कहिले श्रेष्ठले अग्रता लिने गरेका छन् । 

मतपरिणामको टक्करले मतगणना रोचक बन्दै गएको छ । अन्य क्षेत्र र प्रदेशका उमेद्वार मतगणना स्थलमा भए पनि भट्टराई र श्रेष्ठ राजधानीमा छन् । 

मतगणनाको परिणाम आँकलन गरेर मात्र उनीहरु जिल्ला आउने उनीहरु निकट स्रोतले जनाएको छ । 

क्षेत्र नम्बर २ मा ६० हजार एक सय ९ मत खसेको थियो ।

गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छ । यी ५ वटै स्थानीय तहको मत मिसाएर गणना गरिएको छ । 

मतगणना स्थल बाहिर दुई पक्षका नेता कार्यकर्ताको राति पनि भीड लागेको थियो ।

जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना भइरहेको छ । बिहीबार दिउँसोदेखि नै दुई पक्षका शुभेच्छुकहरु जिल्ला बाहिरबाट समेत सदरमुकाम आएका छन् । 

गोरखा २ को प्रदेश ख बाहेक अन्य निर्वाचन क्षेत्रमा बामगठबन्धनका उमेद्वारले अग्रता लिएका छन् । मतगणनाका लागि सदरमुककामको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री