पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मतपरिणाम सार्वजनिक हुँदै, प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द्र १ स्थानमा विजयी

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ ।
अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मुस्ताङ ९क० बाट नेकपा एमालेका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी हुँदा मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् ।उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।

प्रदेशसभा सदस्यमा मनाङ ९क० बाट नेपाली कांग्रेसका चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् । मनाङ ९ख० बाट स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे भनिने राजीव गुरुङ १४१० मतका साथ विजयी भएका छन् ।

यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् ।

प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री