पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख बढी मतदाताले मतदान गर्ने

दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७ सय ३३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५ सय ८० जना मतदाता रहेका छन् ।


कैलालीमा दुई लाख २३ हजार ५ सय ९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् । प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १ सय ५६ पुरुष र ४१ हजार ५ सय ७६ महिला गरी कुल ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् ।


कञ्चनपुरमा एक लाख २८ हजार ५ सय २३ पुरुष, एक लाख ३६ हजार ४ सय ५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९ सय ७५, अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९ सय ३ डोटीमा भने ४९ हजार १ सय ४३ पुरुष र ५७ हजार ४ सय महिला गरी कुल १ लाख ६ हजार ५ सय ४३ मतदाता रहेका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा