पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर ७ का कर्मचारी चुनावी सामाग्रीसहित मतदानस्थल हिडे

७ नम्बर प्रदेशका ५ जिल्लामा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ६७ किसिमका निर्वाचन सामाग्री सहित कर्मचारी खटिन थालेका छन् । सबै जिल्लामा चुनावका लागि कर्मचारी र सामाग्री पठाउने क्रम सुरु भईसकेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । आवश्यक सामाग्री प्रहरीको सुरक्षा घेरामा सम्बन्धित क्षेत्रमा ढुवानी गर्न सुरु भईसकेको छ । आफूले पाएका सामाग्रीलाई संकलन गरी जिल्ला प्रहरी कार्यालयमा राखेर कडा सुरक्षाका बिचमा सम्बन्धित क्षेत्रमा पठाउन सुरु भएको छ ।


स्थानीय तहको चुनावमा कैलालीमा ४ सय ९० वटा मतदान केन्द्र रहेकोमा अहिले ५ सय ३८ पुर्याईएको छ । ५ सय ३८ मतदान अधिकृत, त्यतिकै सङख्यामा सहायक मतदान अधिकृत र चार/पाँच जना सहायक कर्मचारी गरी झण्डै ४ हजार ५ सय कर्मचारी चुनावमा खटिंदैछन । उनीहरुले मतपेटीका, मतपत्र र अन्य बस्दोबस्तीको झण्डै ६७ किसिमका निर्वाचन सामाग्री बुझेर सम्बन्धित क्षेत्रमा लागेका छन् ।


निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटीका, स्वस्तिक छाप जस्ता सामाग्री बुझ्दै उनीहरुले प्रहरी कार्यालयमा राखेका छन । १९ र २० गते मतदाता परिचय पत्र वितरण गरिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका सुचना अधिकारी रुपसिंह कार्कीले जानकारी दिनुभयो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा