पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी आक्रमणमा संलग्नता रहँदै आएको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको छ । फाँसीका सजाय पाएका ती आतंककारी प्रतिबन्धित समूह तेहरिक ए तालिबान पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ । सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको त्यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो । त्यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालतले आतंककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसदले थप दुई वर्षको लागि सो सैनिक अदालतलाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै त्यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो ।
 

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा

श्रीलंकामा मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।