पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अमेरिकी राष्ट्रपतिद्वारा एफबीआईको कडा आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ ९एफबीआई०को कडा आलोचना गरेका छन् ।


राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् ।

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे ।

चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले ठाडै अस्वीकार गरे ।

एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अफिसरले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए । आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तब्य दिएपछि ट्रम्प एफबीआईप्रति नै आक्रोशित बनेका हुन् ।

यसक्रममा ट्रम्पले आफ्नी प्रतिष्पर्धी हिलारी क्लिन्टनप्रति पनि प्रहार गरेका छन् । ९एजेन्सी०

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा