पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना 

बैतडीमा बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना ड्राफ्ट तयार भएको छ ।सन २०३० मा नेपाललाइ बालबिबाह मुक्त घोषणा गर्ने नेपालसरकारको लक्ष्य अन्र्तगत बैतडी जिल्लालाइ पनि बालबिबाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनैतिक कार्ययोजनाको ड्राफ्ट तयार पारीएको हो ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल भएको यूएनएफपीएका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो । बैतडीका १० वटै स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीबृत्त, प्रतिष्ठित धामिसमुह,पत्रकार लगायत सरोकारवालाहरुले बालबिबाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनैतिक कार्ययोजना तयार पारेको हो ।

जनप्रतिनिधी र धार्मिक अगुवाहरुसँग निरन्तर परामर्श गरिरहेको र सबै पक्षलाई सहभागि गराई जिल्ला स्तरिय दुईदिने कार्ययोजना तर्जुमा गोष्ठी शनिवार सम्पन्न भएको ओआरडीएस संस्थाका पृथ्वीराज अवस्थीले बताउनुभयो । बालबिबाह अन्त्यका लागि जिल्ला रणनैतिक कार्ययोजना तर्जुमा परामर्ष गोष्ठिमा सहभागीहरुले बालबिबाह न्युनीकरणका लागी ५ बर्षसम्म गर्नुपर्ने क्रियाकलापहरु छलफलगरेर कार्ययोजना बनाएको हो । जिल्ला समन्वय समितीको आयोजनामा युएनएफपिए,नेपाल रेडक्रस सोसाइटी र ओआरडिएस नेपालआर्थिकप्राबिधीक सहयेगामा कार्यक्रम गरीएको हो ।

कार्यक्रममा बालबिबाह न्युनकणका लागि गर्ने ६ वटा मुख्य बुदाबारे समुह बिभाजन गरेर कार्ययेजना तयार पारेको हो । नेपाल सरकारले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिका आधारमा रहेर जिल्लामा कसरी बालविवाह अन्त्य गर्न सकिन्छ त्यहीअनुसार कार्ययोजना बनाईएको छ ।

सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको हो । किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयन गर्न यस रणनीतिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा