पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन

बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ ।

विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष लागिसक्दा पनि सम्पन्न नभएको उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताउनुभएको छ । दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू एक करोडभन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण नगर्दा बिरामीको उपचार सेवा र सुत्केरीलाई खुला चौरमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको अहेव यादवले बताउनुभयो । भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएको छैन, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि कसैले वास्ता नगरेको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिकाको डोगडी स्वास्थ्य चौकी भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले एक करोड १५ लाखको लागतमा १५ महिनासम्म भवन निर्माण गरिसक्ने सम्झौता गरेकामा चासो नदेखाएपछि पत्रपत्रिकामार्फत ठेकेदारका नाममा सूचनासमेत निकालेको दिपायलस्थित क्षेत्रीय स्वास्थय निर्देशनालयको भनाइ छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा