पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ह्वाइट पार्क कलेज डडेल्धुराका १२ बिद्यार्थीद्धारा रक्तदान ।।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ह्वाइट पार्क कलेज डडेल्धुराका १२ जना बिद्यार्थीहरुले रक्तदान गरेका छन । बेला–बेलामा रगत अभाव भइरहने डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरी रगत परिपूर्ति गर्ने गरिएको छ ।

शनिबार ह्वाइट पार्क कलेजमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा छात्रा सरस्वती साँउद सहित अन्य ११ जना छात्र बिद्यार्थीले रक्तदान गरेको रेडक्रस अन्र्तगत रक्त सञ्चार केन्द्रका प्रमुख टेक्नोलोजिष्ट गणेश ऐरले जानकारी दिएका छन । अन्य रक्तदाताहरुमा हरिष सिंह धामी, सन्दीप महरा, चक्र कुञ्जेडा, बिनोद प्रसाद जोशी, शरद धामी, प्रताप सिनाल, प्रशान्त नेपाली, हेमन्त खड्का, सुरेन्द्र कार्की, यज्ञ राज पन्त र सुरेन्द्र पन्त रहेका छन ।

डडेल्धुरामा बढी जसो नेगेटिभ रक्त समूह अभाव हुने भएपनि उक्त रक्तदाताहरुको रक्त समूह भने पोजेटिभ रहेको बताइएको छ । रक्तदान पश्चात स्वयमसेवी रक्तदाता सबैलाई टेक्नोलोजिष्ट ऐरले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाहरुको समेत चासो बढ्दै गएको टेक्नोलोजिष्ट ऐरले बताएका छन । सामान्यतः अघिल्ला बर्षहरुमा पुरुषले मात्रै रक्तदान गर्ने भएतापनि पछिल्लो समयमा महिलाहरुले पनि रक्तदान गर्न थालेका छन । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय