पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देउवाले कञ्चनपुरका ३ ओटै निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री एवं नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवाले आज शनिबार कञ्चनपुरका ३ ओटै निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
कञ्चनपुरको बेलौरीमा नेपाली काङ्ग्रेश क्षेत्र नं. १ ले बेलौरीको खुलामञ्चमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापती शेरबहादुर देउवा शनिबार मध्यान्ह १२ बजे पुग्ने कार्यक्रम तय छ । 

त्यस्तै नेपाली काङ्ग्रेश क्षेत्र नं. २ ले शुक्लाफाँटा नगरपालिकाको झलारीमा दिउँसो २ बजे आयोजना गरेको कार्यक्रमलाई समेत देउवाले सम्बोधन नेपाली कांग्रेश क्षेत्र नं. २ ले जनाएको छ । 

आजै अपरान्ह ४ बजे कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेपाली काङ्ग्रेशले आयोजना गरेको विशाल आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेश कञ्चनपुरले जनाएको छ । 

प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवा कञ्चनपुर आउने भएपछि कञ्चनपुर भरी नै सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । त्यस्तै कार्यक्रम हुने स्थानहरुमा अराजक घटना हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र म्यादी प्रहरीलाई तयनाथ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

त्यसैगरी, नेपाली कांग्रेशका नेता, कार्यकर्ता, शुभेच्छुक सहित सर्वसाधारण नागरिकहरु पनि कार्यक्रम स्थल तर्फ जाने क्रम जारी छ । कार्यक्रम हुने ३ ओटै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री