पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ओठको रंग अन्य अंगको रंगभन्दा फरक किन हुन्छ ? रोचक

रोचक, मानव शरीरको संरचनाले हामीलाई आश्चर्यमा पारिदिन्छ । हरेक अंगको संरचना र कार्यप्रणाली व्यवस्थित तथा एकअर्काबाट फरक छ तैपनि सबै अंग मिलेर शरीरलाई राम्रो तरिकाले सञ्चालन गर्छन् ।

हाम्रा शरीरका सबै अंगका आफ्नै विशेषता छन् । यस्तै एक विशेष अंग ओठ हो । यसले शरीरको सुन्दरता बढाउँछ अनि अनौठो रंग पनि यसको विशेषता हो । हामी काले, गोरे, खैरे जस्तो वर्णको भएपनि हाम्रो ओठको रंग छालाको रंगभन्दा पूरै फरक हुन्छ ।

छालामा अनेकौं पत्र हुन्छन् । सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ भने सबभन्दा भित्रीलाई डर्मिस । एपिडर्मिसमा अर्को एक पत्र पनि हुन्छ जसले छालालाई सुरक्षा दिन्छ । त्यसलाई स्ट्रेटम कोर्नियम भनिन्छ ।

छालामा भएको यो पत्रको मोटाइ धेरै हुन्छ तर ओठमा यो पत्र एकदमै पातलो हुन्छ । स्ट्रेटम कोर्नियम ओठमा पातलो पत्रका रूपमा रहने कारणले नै ओठको रंग शरीरका बाँकी अंगभन्दा फरक रंगको हुन्छ । ओठको स्याहार गरेर त्यसको प्राकृतिक गुलाबी रंग कायम गर्नु तपाईंको कर्तव्य हो । एजेन्सी

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो