पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

परिचयपत्र नहुँदा पेन्सनमा समस्या

भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौं भारतीय पेन्सनर नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सनधारीले आफूहरूलाई निकै गाह्रो हुने बताए । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको हो । भारतीय नागरिकको पनि नागरिकतासँगै आधार कार्डलगायत अन्य पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको छ । मासिक रूपमा पेन्सन रकम निकासा हुने भए पनि अधिकांश नेपालीले ४–५ महिनाको फरकमा रकम झिक्ने गरेका छन् । परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवा निवृत्त दशरथचन्द नगरपािलका ७ का रामदत्त बडुकी श्रीमती कमलादेवीले जानकारी दिइन् । प्रदेश नं. ७ का बैतडी, डडेलधुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन लिने २ हजारभन्दा बढी छन् । मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिन सक्ने जिल्ला सैनिक बोर्डले जनाएको छ । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय