पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टमाटर खेतीमा डोटीका महिलाले देखाए जाँगर

डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनको सिर्माका महिलाले टमाटर खेतीमा जाँगर देखाएका छन्। खिरसैनको सिर्मामा शान्ति महिला समूहले १५ ओटा टनेल घर निर्माण गरेर टमाटर खेतीमा जाँगर देखाएका हुन ।

लुथरन विश्व फेडरेसनको तथा उपेक्षित सशक्तीकरण विकास मञ्चको नेपाल विकास कार्यक्रमअन्तर्गत महिला समूहलाई सहयोग गरेको हो । बाहिरी जिल्लाबाट आयात भइरहेको टमाटर खेतीमा आत्मनिर्भर बन्नका लागि सबैले टमाटर खेती गरेको पार्वती देवी खड्काले बताइन ।

सदरमुकामबाट ३ किलोमिटरको दुरीमा रहेको सिर्मा गाउँ तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको शान्ति कृषक समूहका अध्यक्ष शान्ति देवी खड्काले बताइन । १० हजारको लागतमा एउटा टनेल हाउस बन्ने गरेको कार्यक्रम संयोजक प्रभु ढकालले जानकारी दिए ।

महिलाको काममा पुरुषको सहयोग खिरसैनमा शान्ति कृषक समूह महिलाले सञ्चालन गरेको भए पनि पुरुषले राम्रो सहयोग गर्ने गरेका छन । महिलाले तरकारी खेती गरेको भए पनि तरकारी बारीमा महिला र पुरुषले बारीमा समान खट्ने गरेको पूर्वीचौकी गाउँपालिका(१ खिरसैनका योगेन्द्र खड्काले बताए । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा