पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१ सय २८ निर्वाचन क्षेत्रका लागि ८८ जना सुक्ष्म अनुगमनकर्ता परिचालन

निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि   आजबाट सुक्ष्म अनुगमनकर्ता खटाउने भएको छ ।

यही मंसिर २१ गते हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रका लागि उपसचिवस्तरका ८८ जना सुक्ष्म अनुगमनकर्तालाई परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । उनीहरुले आजदेखि २२ गतेसम्म सूक्ष्म अनुगमन गर्नेछन् ।

अनुगमनका क्रममा देखिएका आचारसंहिता विपरितका क्रियाकलापका बारेमा उनीहरुले आयोगलाई जानकारी गराउनुपर्नेछ । आयोगका सहसचिव नवराज ढकालले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचारसंहिताको पालना र उल्लङ्घन भएमा हुने कारबाहीलगायतका विषयमा सूक्ष्म अनुगमनकर्तालाई हिजो प्रशिक्षण दिनुभएको थियो ।

 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री