पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा अज्ञात बम फेला परेको छ । बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा हक्स बम फेला परेको हो ।
बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो । नेपाली सेनाको टोलीले बमलाई निष्कृय तुल्याएको छ ।

आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न र स्थानीयलाई त्रसित बनाउन चुनाव विरोधी समूहले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय