पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका धार्मिकस्थललाई पर्यटकीय क्षेत्र बनाई बेरोजगारी समस्या समाधान गरिने काँग्रेस सभापति मल्लको दाबी ।।

डडेल्धुरा जिल्लामा रहेका महत्वपुर्ण धार्मिकस्थलहरुको विकासगरि धार्मिक पर्यटकीयस्थल घोषणा गरेर बेरोजगारी समस्या समाधान गर्ने नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार युवा नेता कर्णबहादुर मल्लले बताएका छन् । 
जिल्लाका बिभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिकस्थलको जगेर्ना नभएकाले आन्तरिक र वाह्य पर्यटकहरु भित्र्याउन नसकेको अबस्थामा त्यस्ता ठाउहरुको संरक्षण सम्वद्र्धनगरि देशभित्र र बाहिरका धार्मिक पर्यटकहरु भित्र्याउने योजना काँग्रेससँग रहेको उमेदवार मल्लले बताए । 
भित्रिमधेश क्षेत्रमा रहेको प्रशिद्ध परशुरामधाम, सिद्धबाबा गुफा, आलिताल, अमरगढी नगरपालिकामा रहेको उग्रतारामातो मन्दिर, घटालस्थान, रावलतोली गुफा, गन्यपधुरा, नवदुर्गामा रहेको नवदुर्गा मन्दिर, मष्टा भगवती, अजयमेरुकोट, देवल, शिखर समैजी, कोला समैजी, वेताल, झाल लगायतका क्षेत्र र भागेश्वरधुराजस्ता धार्मिक स्थलहरुको प्रचार प्रसारगरि छिमेकी राष्ट्र भारतका मात्रै आठलाख धार्मिक पर्यटकहरुलाई डडेल्धुरामा बर्षेनी भित्र्याउने योजनारहेको उनले बताए ।
आठ लाख धार्मिक पर्यटकहरुलाई  डडेल्धुरामा ल्याउने हो भने  कुनैपनि युवालाई फुर्सद नहुने र तिनीहरुलाई घुमाउनबाटै मनग्य आम्दानी हुने सभापती मल्लले बताए । सदरमुकामस्थित शिवमन्दिरमा लागेको सप्ताहज्ञान महायज्ञमा जिल्लास्थित अन्य पार्टीका साथीहरुलाई  साझा अभियानलाई सगैं लैजाउ भन्दा आनाकानी गरेको उनले बताए । 
सोमबार नेपाली काँग्रेस डडेल्धुराको पार्टी कार्यालय कृष्णप्रसाद भट्राई स्मृति प्रतिष्टानमा प्रेस युनियन डडेल्धुरा शाखाले खोलेको सूचना आदान प्रदान केन्द्रको उद्घाटनगर्दै सभापति मल्लले नेपाली काँग्रेसले वामगठवन्धनका र अन्य उम्मेदवारहरुलाई जिल्लाको विकासका लागि साझा मुद्दामा सहमती जनाई साझा अवधारण बनाएर जान अनुरोध गरेपनि कुनै दलका उम्मेदवारहरु तयार नभएको जानकारी दिए । 
डडेल्धुरामा हिन्दू धर्मालम्वीहरुको सख्या बढिभएको र हिन्दू धर्मसँग आस्था रहेका मठमन्दिरहरुका लागि हरेक राजनितिक दलहरु र उम्मेदवारहरुको साझा मुद्दा हुनुपर्नेमा जोड दिदै उनले  धार्मिक पर्यटकीय क्षेत्रको विकास मार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुगाउन सबैलाई आग्रह गरे । 
सूचना आदान प्रदान केन्द्रको उद्घाटनका क्रममा पत्रकार महासघंका जिल्ला अध्यक्ष मानबहादुर साउदले मिडिया हाउसले पत्रकारिता आचारसँहिताको पालनागरि पत्रकारिताको धर्म निभाउनेमा प्रेस युनियनले महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्तगरे । यसैबीच वाम गठबन्धन निकटस्थ प्रेस चौतारी र प्रेस सेन्टर डडेल्धुराले समेत आसन्न निर्वाचनका लागि सूचना आदान प्रदान गर्न सूचना केन्द्र स्थापना गरेको जनाएका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा