पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहिलो चरणको सबै मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु ।।


पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको छ । छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए । सर्वोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग मतपत्र छाप्ने निर्णय गरेको थियो । एउटै पानामा तल र माथि दुवै मतपत्र छाप्ने तयारी भएका बेला उक्त निर्णयलाई परिवर्तन गरी आदेशअनुसार आयोगले अलगअलग मतपत्र छापेको हो । कात्तिक १० बाट एउटै पानामा मतपत्र छाप्ने कार्यतालिका थियो तर सर्वोच्चको आदेशका कारण १२ गतेबाट अलगअलग मतपत्र छाप्न थालिएको थियो । अलगअलग छाप्नुपर्ने भएपछि थप समय लाग्ने अनुमानविपरीत एक दिनअगावै सबै मतपत्र छापिएको छ । पहिलो चरणको मतपत्र २० गतेसम्म छापिसक्ने र दोस्रो चरणको २१ गतेदेखि छाप्ने कार्यतालिका थियो तर एक दिनअगावै पहिलो चरणको छाप्ने काम सकिएपछि दोस्रो चरणको छाप्न थालिएको छ । आयोगले कात्तिक २० गते जनक शिक्षा सामग्री केन्द्रलाई दोस्रो चरणको सुर्खेत, दैलेख, सल्यान, अछाम, डोटी, डडेलधुरा र कञ्चनपुर ७ जिल्लाका प्रतिनिधिसभातर्फका १२ र प्रदेशसभातर्फका २४ वटा निर्वाचन क्षेत्रको मतपत्र छाप्न निर्देशन दिइसकेको छ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी ७५ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन । प्रत्येक सभाका लागि १२ प्रतिशतका दरले बढी संख्यामा मतपत्र छापिएको उनले बताए । पहिलो चरणका लागि छापिएका मतपत्र २२ जिल्लामा पठाइसकिएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा