पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कस्या टाकुरो (डाँडो) लाई ऐतिहांसिक धार्मिक पर्यटकिय स्थलका रुपमा प्रवद्र्धन गरिदै ।।


कार्तिक १३, डडेल्धुरा
डडेल्धुरा सदरमुकाम नजिकै अमरगढी नगरपालिका ७ मा अवस्थित प्राचिन, धार्मिक तथा ऐतिहांसिक डाँडो कस्या टाकुरोको संरक्षण एवं सम्बर्दनका लागी पहल थालिने भएको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले अमरगढी नगरपालिका भित्र रहेका सम्भावित पर्यटकिय क्षेत्रको प्रचार प्रसार, संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गरिने राय राखे संगै कस्या टाकुरो लगायत अन्य पर्यटकिय स्थलहरुले स्थान पाउने भएका हुन । बर्षाै देखि धार्मिक एवं प्राकृतिक दृष्यावलोकनका लागी डडेल्धुराकै सबै भन्दा अग्लो डाँडो कस्या मानिय पनि अहिले सम्म राजनैतिक तवरबाट स्थान नपाउदा ओझेलमै थियो । पछिल्लो समयमा स्थानिय लगायत अमरगढी ७ को ब्राईट भिजन क्लवले कस्या टाकुरो (डाँडो) पर्यटकिय सम्भावना बोकेको स्थानका रुपमा आवाज उठाउदै आए पछि स्थानिय प्रतिनिधीले चासो देखाउन थालेका छन । सदरमुकाम भन्दा १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्ग संगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवं दृष्यावलोकन र बनभोज स्थलका रुपमा बिकसित गर्न सके वडा लगायत नगरले आर्थिक लाभ लिन सक्ने ब्राईट भिजन क्लवले बारम्बार आवाज उठाउदै आए पछि जनप्रतिनिधीको ध्यान तान्न सकेको अध्यक्ष दिपकराज भट्राईले बताए । उनका अनुसार वडा अध्यक्ष लगायत नगरप्रमुखले यस बर्ष नै प्राबिधिक टोलीद्धारा अध्ययन गराई डाँडोको टुप्पो सम्म पुग्ने पैदल बाटो निर्माणका लागी आवश्यक पहल थालिने आश्वासन पाईएको छ । कस्या डाँडो माथि बाट डडेल्धुरा सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउपालिकाको अधिकांस भु भागको दृष्यावलोकन गर्न सकिन्छ भने महाभारत पर्वत श्रृंखला लगायत डोटी, आछाम, बैतडी र भारतको भु भाग पनि देख्न सकिन्छ । कस्या डाँडो मार्थी भ्यू टावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने क्लवका अध्यक्ष भट्राईको भनाई छ । कस्या डाँडोलाई धार्मिक एवं पर्यटकिय स्थलमा रुपमा विकास गर्न आफु तत्पर रहेको अमरगढी नगरपालिका प्रमुख विश्वश्वर प्रशाद ओझा बताउछन । कस्या डाँडो समुद्रि सतह देखि ६ हजार ५ सय फिट भन्दा उचाईमा रहेको अड्कल गरिएको छ । सदरमुकाममा रहेको अमरगढी किल्लाको उचाई समुद्रि सतह देखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या डाँडो माथी बाट अमरगढी किल्ला लगायत अन्य थुप्रै स्थानको दृष्य देखिने भएकोले यो भन्दा बढि नै उचाई भएको मान्न सकिन्छ । डडेल्धुरामा जिवित २५ सय बर्ष पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, उग्रतारा मन्दिर आदीलाई लिईने गरेको छ । प्राचिन कालमा कस्या टाकुरोमा राज कोट नै रहेको स्थानिय बुढापाकाहरुको भनाई छ । कस्या टाकुरो माथि ठुलो मैदान रहेको र त्या प्राचिनकालमा कुनै वंसले राज गरेको भनाई सुनेको अमरगढी ७ का ५९ बर्षि केशव भण्डारी बताउछन । उनले सुनेको आधारमा त्यहा एउटा बुढी महिला पछि सम्म बस्थिन रे तर यसको कुनै सत्यता छैन । नत कुनै ईतिहास छ न कुनै अभिलेख नै । अमरगढी नगरपालिका ६,७ र ८ का बुढापाकाले सुनाउने कुराहरुका आधारमा कस्या टकुरोमा राज कोट थियो । हाल त्यहा कुनै कोट रहेको संरचना पनि छैन । 
कस्या टाकुरोको ईतिहांस २५ सय बर्ष भन्दा पनि पुरानो रहेको स्थानिय केशव भट्राई बताउछन । उनका अनुसार प्राचिन कालमै भु कम्म गए पनि डाँडोको केही हिस्सा भासिन पुगे पछि डाँडो मुनि रहेको गाउ नै पुरिएकाले अहिले पनि कस्या मुनि रहेको स्थानलाई सुर्काल भन्ने गरिन्छ । गाउ पुरिदा त्याहा कयौले ज्यान गुमाउनु परेकाले त्यस स्थानको नाम सुरुमा सबैको एकै ठाउमा भएको काल अथवा सुर्काल रहन गएको उनको भनाई । यस संगै डाँडो बाट करिब १५ सय मिटर तल ढुंगाको ओखल अहिले पनि देख्न सकिन्छ । त्यस स्थानलाई अहिले ओखलढुंगा भन्ने गरिन्छ । यसै ओखल ढुंगाको पुर्व उत्तरमा डाडु खोला छ । परापुर्व कालमै त्याहा खाना पकाउने डाडु भेटिएकाले त्यस स्थानको नाम डाडु खोला रहन गएको आफुले सुनेको भण्डारी बताउछन । भु कम्म कै कारण ढुंगाका ओखल लगायत अन्य चिज वस्तु एक ठाउ बाट अर्काे ठाउ पुगेका एवं डाँडो मुनिको गाउ नै पुरिन पुगेको उनको भनाई छ । सुर्काल भन्ने स्थानमा अहिले पनि पानिको नौला छ । कस्या टाकुरोमा राजकोट हुदा रानिले सुरुङ बाटो भएर पानि भर्ने गरेको सुनेको कतिपय स्थानियको भनाई छ । 
ईतिहास केलाई यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवं दृष्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा छाटो समयमै विकसित गर्न सकिने स्थानिय जानकारहरु बताउछन । 
डाँडोको पुर्व तिर महाकाली राजमार्ग छेउमै शिद्धनाथ नामको मन्दिर, पश्चिम उत्तरमा लेकी समैजी, शिखर मन्दिर, पश्चिम दक्षिण्मा शैलेश्वर महादेव, भुमिराज, देउखले मन्दिर पश्चिममा कालापत्थर कालिका र उग्रतारा भगवती मन्दिर रहेकाले कस्या टाकुरोलाई धार्मिक तवरबाट देविदेवताहरुको धार्मिक केन्द्र बिन्दुका रुपमा स्थानियले लिने गरेको ईतिहांसकार ७० बर्षिय भोजराज भट्राई बताउछन । 
कस्या टाकुरोमा पहिलो पटक पुग्दा आफु संग भएको कुनै न कुनै वस्तु चढाउनु पर्ने सुनेकाले हामिले पनि हातबाट चुरा निकालेर चढाएको ७२ बर्षिय स्थानिय बृद्धा सरुदेवि भण्डारीको भनाई छ । सानै पनि थिए, हामि भर्खर भर्खरै बिहे भएर यस गाउमा आएका पाँच÷छ जना थियौ, त्यसै क्रममा कस्या टाकुरो छेउमा पुगि सके पछि टाकुरो माथिको सानो मैदानमा गयौ त्यहा बिचमा एउटा खाल्टो जस्तै थियो र त्यसै विचमा साना साना ढुंगाले बनेको मन्दिर जस्तो सानो आकारकौ मन्दिर नै भनौ थियो । अनि हामि संग कै गाएले एक जना सासु पर्नेले ल तिमिहरु पहिलो पटक यहा आयौ । पहिलो पटक आउनेले केही न केही चढाउनु पर्छ भन्नु भयो अनि कसैले चुरा, कसैले डोरी ताना, कसैले चोली ताना काटेर र कसैले बटन सकेत चढाएको उनले सुनाईन । त्यति बेला हामि घाँस काट्ना गएका केही थिएन अनि आफु संगै भएका सर सामान चढाएको उनको अनुभव छ । त्याहा कुनै न कुनै चिजवस्ुत चढाउदा मानोकामना पुरा हुने भन्ने विश्वास रहेको पछि थाहा भएको बृद्धा भण्डारीको भनाई छ । यि यस्ता भनाई बुझाईबाट धार्मिक र ऐतिहांसिक रुपमा कस्या टाकुरोको महत्व रहेको मान्न सकिने भएकाले यसरी यस क्षेत्रको विकास गर्न सके पर्यटकिय स्थलका रुपमा आर्थिक आय आर्जनको स्रोत बनाउन सकिने ब्राईट भिजन क्लवका सचिन सुभाष भट्टको भनाई छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा