पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डोटीमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते, चालक फरार (४ तस्वीर)

केशवचन्द्र महरा : अपडेटः डोटी, कात्तिक २ । डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार अरु १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयले जनाएका छन् ।

डोटीको बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस बिहीबार बिहान पौने १० बजेतिर दुर्घटना भएको हो ।

बस सडकबाट करिब २०० मिटर तल खसेको जनाएको छ । बसचालक फरार छन् । दुर्घटनाको कारण खुलेको छैन ।

मृतक तथा घाइतेको परिचय खुलिसकेको छैन । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा