पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डोटीमा बस ठोक्कीँदा मृत्युहुनेको संख्या तीन पुग्यो , २४ जना घाइते÷ १५ को अवस्था गम्भीर ।।

भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन । घाइते १५ जनाको अवस्था गम्भीर छ । डडल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस मंगलबार दिउँसो १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।

ज्यान जानेमा देहिमाण्डौ बैतडीकी ८० वर्षकी द्रोपती भण्डारी र परशुराम–७ जोगबुडाका १४ वर्षका विक्रम बोहराको घटनास्थलमा नै र भागेश्वर गाउपालिका डडल्धुराकी राधा भट्टको उपचारका क्रममा भारतको तपन हस्पिटल बरेलीमा ज्यान प्रहरी चौकी गैराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश बहादुर चन्दले जानकारी दिनुभएको छ । घाइतेहरु सबैको परिचय खुलिसकेको छैन । उनीहरुमध्ये गम्भीर घाइते १५ जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ ।

बाँकी सामान्य घाइतेहरुलाई उप–क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुबै गाडी तीब्र गतीमा गुडिरहेका कारण ठूलो क्षती भएको प्रहरी चौकी गैराका इन्चार्ज चन्दले बताउनुभएको छ । क्षतीग्रस्त बसहरु दुबै सडकमै अड्किएका छन । दुर्घटनापछि राजमार्ग केही समयका लागि अबरुद्ध समेत बनेको थियो । उद्धारपछि डोजरको सहायताले बसहरु हटाएर राजमार्ग खुलाइएको ईन्चार्ज चन्दले जानकारी दिनुभएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा