पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन थालेको छ । सो कार्यालयले बुधबारदेखि यार्सा सङ्कलकलाई सो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र दिन सुरु गरेको हो । कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको यार्सा व्यवस्थापन निर्देशिका बमोजिम जिल्लामा यार्सा सङ्कलन गरिने बताए । विभागले जारी गरेको निर्देशिकाअनुसार दार्चुलामा यसवर्ष यार्सा सङ्कलनका लागि प्रक्रिया नपु¥याएर हिँडेकालाई प्रक्रियागत ढङ्गबाट सङ्कलन गर्न जान आग्रहसहित सूचना जारी गरेको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत उपाध्यायले केही दिनपछि यार्सा पाइने क्षेत्रमा पुगेर पनि अनुमतिपत्र दिने बताउनु भएको छ । गत आर्थिक वर्षमा दार्चुलाबाट सात क्वीन्टल यार्सागुम्बा निकासी भएको सो कार्यालयले जनाएको छ । आठ हजार चार सय ८८ जनाले सङ्कलन अनुमतिपत्र लिएर यार्सा सङ्कलन गरेको रेकर्ड छ । साढे आठ क्वीन्टल यार्सा गतवर्ष सङ्कलन भए पनि जिल्लाबाहिर सात क्वीन्टल निर्यात भएको देखिन्छ । व्यापारी तथा यार्सा सङ्कलकले सङ्कलित यार्सा बिक्री वितरण तथा पैठारी गर्न जिल्ला वन कार्यालयबाट प्रतिकिलो यार्साको २५ हजार रुपैयाँ राजस्व बुझाएर छुटपुर्र्जी लिनुपर्ने प्रावधान छ । सङ्कलकबाट यार्सा व्यापारीले १२ देखि १५ लाख रुपैयाँ प्रतिकिलोमा खरिद गर्छन भने २०÷२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेको भेटिएको छ । दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, ब्यास, राप्लालगायतका उच्च हिमाली भेग यार्सा सङ्कलन गरिन्छ । 
यसैगरी यार्सा पाइने सुदूरपश्चिमको अर्को जिल्ला बझाङमा भने यार्सा सङ्कलनका लागि जेठको पहिलो साताबाट सङ्कलन अनुमतिपत्र दिने बझाङ जिल्ला वन कार्यालयले तयारी गरेको छ । जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बझाङमा हालसम्म सङ्कलनका लागि स्थानीयवासी त्यसतर्फ नगएको जानकारी दिए । जेठको पहिलो सातादेखि सङ्कलनका लागि जान अनुमति दिने निर्णय भएको वन अधिकृत श्रेष्ठले बताए । उनले गतवर्ष बझाङमा साढे तीन क्वीन्टल यार्सागुम्बा सङ्कलन भएको जानकारी दिए । बझाङको उच्च हिमाली भेग काँडा, धमेना, सुर्मा, लगायतका क्षेत्रमा यार्सा सङ्कलन गरिन्छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा

धनगढीको रातोपुल–उत्तरवेहडी सडक निर्माण सुरु भएको ६ महिनामा पनि नालीको काम सकिएन ।। 

कैलालीको रातोपुल उत्तरबेहडी सडक निमार्णमा ढिलाई भईरहेको छ । ठेक्का स्वीकृत भएको झण्डै १० महिना बितीसक्दा पनि सडकको दुबैतिरका नालीको काम सकिएको छैन